आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो
हैदाराबाद। रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी)को विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।
उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ। उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन्। यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई भागदौड भएको बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।
हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ। भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए। घ
कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बेंगलुरूले आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं प्रशंसकहरू आएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment