आफ्नो जितको खुसी मनाउँदा ११ जनाको ज्यान गएपछि विराट कोहलीले के भने ?

डिसी नेपाल
२२ जेठ २०८२ ११:२९
1.9k
Shares

काठमाडौं । बेंगलुरुमा भएको भागदौडमा भारतीय ब्याट्सम्यान विराट कोहलीले यो घटनाबाट आफू पूर्ण रूपमा स्तब्ध भएको बताएका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बैंगलोरले जारी गरेको एक बयान सेयर गर्दै लेखेका छन् , “मसँग भन्नको लागि कुनै शब्द छैन। म पूर्ण रूपमा भावुक छु।”

उनीहरूले साझा गरेको विज्ञप्ति अनुसार आरसीबीले भन्यो, “मिडिया रिपोर्टहरू मार्फत प्रकट भएका दुर्भाग्यपूर्ण घटनाहरूबाट हामी गहिरो दुःखी छौं। सबैको सुरक्षा र कल्याण हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ।”

विज्ञप्ति अनुसार, आरसीबीले जीवन र सम्पत्तिको क्षतिप्रति दु:ख व्यक्त गर्दछ र प्रभावित परिवारहरूप्रति समवेदना प्रकट गर्दछ।

बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले यस विषयमा मजिस्ट्रेटीय अनुसन्धानको घोषणा गरेका छन्।

बुधबार, आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको जितको उत्सव मनाउन रंगशाला बाहिर एक लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए।

१८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.