दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा
दमौली (तनहुँ)। तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ ।
दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक रामचन्द्र पोखरेलले बताए । उनीहरूलाई ब्रेल पाठ्यपुस्तकको व्यवस्था पनि गरिएको छ ।
अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई शिक्षाको उज्यालोबाट वञ्चित हुन नदिन आवासीय अध्यापनको व्यवस्था मिलाइएको बताए।
हाल व्यास नगरपालिकाले विद्यालयलाई प्रतिविद्यार्थी रु ५० हजारका दरले १० महिनाका निम्ति अनुदान उपलब्ध गराएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment