कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, शनिबार २१ करोड दिप प्रज्वलन गर्ने तयारी
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार) सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन्।
कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
कोटिहोममा चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता पुन मगर (सरु माता), भारतबाट प्रसिद्ध सन्त आलोकजी महाराजको समूह, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डे, अमेरिकाबाट श्री सत्यदेव महाराज, अछाम वैद्यनाथ धाम गुरुकुलका प्राचार्य देवराज उपाध्याय गुरुदेवको आगमन हुने भएको छ।
कोटिहोममा कथा व्यास समाज, नेपालका उपाध्यक्ष एवं चर्चित कथा व्यास परमादरणीय बालकृष्ण अर्याल, प्रख्यात पण्डित एवं कथा वाचक भुवन घिमिरे गुरु, श्रीमद्भागवत कथा वाचीका सुधा अच्युत प्रियाको आगमन हुने ढकालले जानकारी दिए।
त्यसैगरी विश्वकर्मा समाज राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष, विश्व हिन्दु महासङ्घका शिल्पी समुदाय समन्वय विभागका विभागीय प्रमुख, विश्वकर्मा सङ्ग्रहालयका अध्यक्ष एवं परिकल्पनाकार गणेश बरायली, वरिष्ठ अधिवक्ता तथा सामाजिक एवं धार्मिक अभियन्ता स्वागत नेपाल पनि कोटिहोम दर्शन गर्न आउने कार्यक्रम रहेको छ।
त्यसैगरी धुर्कोट गाउँपालिकाबाट कोटिहोम दर्शन गर्नका लागि ठूलो टिम नै आउने भएका छन्। अध्यक्ष भूपाल पोखरेल, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष एवं अन्य विशिष्ट राजनीतिकर्मी, धर्मप्रेमी, शिक्षाकर्मी, समाजसेवी व्यक्तित्वहरूको कोटिहोममा पुग्ने कार्यक्रम छ।
त्यसैगरी कोटिहोममा स्याङ्जा जिल्लाबाट भूमि दान गर्न शेर जङ अधिकारी आगमन हुने भएको छ। आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको संयोजक ढकालले जानकारी दिए। यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ।
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उदघोष गरेका छन्।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन्। उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन्।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ। कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment