स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल, केसीले लिए पहिलो विकेट

डिसी नेपाल
२५ जेठ २०८२ १६:०५
92
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ। स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भर्खरै सुरु खेलमा नेपालले दोस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट लिएको छ। करण केसीले ओपनर जर्ज मुन्सेलाई शून्य रनमा आउट गरे।

नेपालले जारी प्रतियोगिताको यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो। साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो।

प्रतियोगितामा नेपाल र स्कटल्याण्ड दुवैको यो तेस्रो खेल हो। स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ। स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा छ भने नेपाल १४ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको सातौं स्थानमा छ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीका साथै आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.