चार जनाको शव फेला

डिसी नेपाल
२५ जेठ २०८२ २२:१०
2.7k
Shares

काठमाडौं । देशका विभिन्न स्थानका चार जनाको शव फेला परेको छ।

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित बुलौसी सामुदायिक वनको भीरमा सोही ठाउँ बस्ने ५८ वर्षीय अग्निधर अधिकारी आइतबार मृत अवस्थामा फेला परेका छन्।

सल्यानको वनगाड कुपिण्डे नगरपालिका-९ सेरास्थित ठुली आमाकी घरमा बस्दै आएकी शारदा नगरपालिका-९ नेपाने घर भएका कृष्ण बहादुर थापाकी छोरी १० वर्षीया रितु थापा उनकै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।

डोटीको सायल गाउँपालिका-६ दल्लेख बस्ने ४१ वर्षीय सुवास दमाई सोही ठाउँस्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको ग्रामथान गाउँपालिका-७ मन्दिर टोल बस्ने ८९ वर्षीया तिलमाया खड्का सोही गाउँपालिका-६ स्थित रामजानकी मन्दिर नजिक रहेको सुनसरी मोरङ सिंचाई परियोजनाको नहरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *