बिर्तामोडमा पुरुषको शव भेटियो
भद्रपुर (झापा) । बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची सडक छेउमा एक अज्ञात पुरुषको शव फेला परेका छ।
स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बालाई खबर गरेका थिए। जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रनाउ खड्काका अनुसार मृतकको नाम, थर र स्थायी ठेगाना हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment