आरिफको अर्धसतकमा नेपालले नेदरल्याण्ड्सलाई दियो दुई सय ३७ रनको लक्ष्य
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई दुई सय ३७ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३६ रन बनाएको हो। नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले। उनले ८५ बलमा ७ चौका र दुई छक्कासहित ८४ रन बनाए। यस्तै कप्तान रोहित पौडेल र भीम शार्कीले समान ३५ तथा कुशल भुर्तेलले १८ रन बनाए।
नेदरल्याण्ड्सका पौल भान मीकेरेनले ४ तथा माइकल लेभिटले ३ विकेट लिए। नेदरल्याण्ड्सले पेनाल्टीमार्फत १० रन प्राप्त गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment