तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख सहयोग
काठमाडौं । तीनकुनेमा राजावादी आन्दोलनका क्रममा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज वास्तोलाको संयोजनमा पोर्चुगलको लिजवनबाट उपलब्ध सहयोग रकम बुधबार हस्तान्तरण गरेका हुन्।
सुवेदीलगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार ४ सय रूपैयाँ हस्तान्तरण गरेका हुन्। उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीले उपलब्ध गराएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment