एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा

डिसी नेपाल
२८ जेठ २०८२ १८:४९
60
Shares

सङ्खुवासभा । मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा कटान गरिएको करिब एक हजार क्यु फिट सल्लाको काठ निकुञ्जले नियन्त्रणमा लिएको छ।

निकुञ्जका अनुसार भोटखोला–२ शङ्खभीर क्षेत्रमा १५० क्यु फिट अनुमति लिएर एक हजार क्यु फिट बढी काठ कटान गरिएको फेला परेको हो।

सो काठ नियन्त्रणमा लिइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख अर्जुन भुसालले जानकारी दिए। भुसालका अनुसार स्थानीय नार्चे भोटेले तोकिएको मात्राभन्दा धेरै काठ कटान गरेका थिए।

भोटेका विरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको निकुञ्जले जनाएको छ। जंगलमा फेला परेको सम्पूर्ण काठमा संकेत गरिएको छ। उक्त काठको सुरक्षाको जिम्मा दम्दाङ्मा सामुदायिक वनलाई दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *