बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ।
बुधबार सम्पन्न औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो ।
गाउँपालिकाले खोपसम्बन्धी सम्पूर्ण मापदण्ड र प्रक्रिया पूर्ण गर्दै पूर्ण खोप निर्देशिकाअनुसारको कार्यान्वयन सफलतापूर्वक सम्पन्न गरेको थियो ।
कार्यक्रमका दौरान जिल्ला खोप समन्वय समिति सदस्य सचिन कृष्ण बहादुर मिजारले पालिका अध्यक्ष लामिछानेलाई पूर्ण खोप सुनिश्चिता घोषणापत्र हस्तान्तरण गरे।
त्यसपछि पालिकाका १२ वटै वडा कार्यालय र १२ वटा स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको हातबाट प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन बकैया गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश फुयालले गरेका थिए।







डिसी नेपाल








Facebook Comment