कैलालीमा दुई जनामाथि प्रहरीले चलायो गोली
धनगढी । कैलालीको भजनी नगरपालिका–७ मा प्रहरीले दुई जना फरार प्रतिवादीमाथि गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बिहीबार दिउँसो भजनी नगरपालिकामा गोली चलेको पुष्टि गरेका छन्।
उनकाअनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो।
भजनी क्षेत्रमा पुग्दा उनीहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर टीकापुरका रिदम ढुङ्गाना र मिलन चन्दलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ। गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ। उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment