भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध हट्छ: रास्वपा
फाइल तस्वीर
काठमाडौं। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा मूर्त रुपमा छानबिन समिति गठन गर्ने सहमति भए संसदको गतिरोध अन्तय हुने बताएका छन्।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले भिजिट भिसा प्रकरणमा अध्ययन वा छानबिन समिति बनाउन सत्तापक्ष तयार भएको भन्दै मूर्त रुपमा छानबिन समिति गठन हुने अवस्था बने संसदको गतिरोध अन्त्य हुने बताएका हुन्। भिजिट भिसा प्रकरण सवै माथि छानबिन हुनुपर्ने र दोषी उपर कारवाही हुने परिस्थीति बन्नुपर्ने उनको भनाइ छ।
प्रतिपक्षीले राखेका विषयलाई न्याय गर्ने गरि सत्तापक्ष सहमत भए निकास निस्कने उनले बताए। उनले अहिलेसम्म विपक्षी दलहरु एकै ठाँउ रहेको धारणा राखे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment