कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, आइतबार बस्ने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।
आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्नेगरी बैठक बोलाइएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment