गृहमन्त्री लेखकले बोल्दै गर्दा रोष्ट्रम पुगेर रास्वपाको नाराबाजी

डिसी नेपाल
३० जेठ २०८२ १७:२५
244
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भए पछि गृहमन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजिनामा माग्दै नाराबाजी गरेका हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृह मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन्।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद  ण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर बिरोध जनाएका थिए। भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *