मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित
जनकपुर। मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन्। शुक्रबार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बन सम्बन्धी पत्र पढेर सुनाएपछि उनको पद निलम्बनमा परेको हो।
विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। सिंह बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४९२० बाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment