करेन्ट लागेर एकजनाको मृत्यु, एक घाइते
खोटाङ। करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ।
सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते बनेका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो।
करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। केन्द्र पुर्याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए। उनको शव परीक्षण गृहमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment