ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
३० जेठ २०८२ २३:१०
40
Shares

काँक्रेविहार (सुर्खेत)। भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

नलगाड नगरपालिका–८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो। रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड–७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *