नारावाजीबीच सदन चलाउने तरिका ठीक भएन : सांसद पाण्डे

डिसी नेपाल
१ असार २०८२ १५:५६
96
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नारावाजीकाबीच सदन चलाउने तरिका ठीक नभएको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव गरिरहँदा पाण्डेले एउटा दलको नारावाजीबीच जवरजस्त सदन चलाउने तरिका ठीक नभएकाले सहमति गरेर टुंगोमा पुगेपछि मात्रै बैठक राख्न आग्रह गरे। उनले बजेट जस्तो महत्वपूर्ण बिषयमा छलफल हुँदा नाराबाजी र होहल्लाका कारण केहि नबुझिएको बताए।

बजेटमाथिको छलफल जारी रहँदा रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नारावाजी गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *