निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

डिसी नेपाल
१ असार २०८२ १६:३८
76
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेश गरिएको छ। राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्‌मा पेश गरेका हुन्।

प्रतिनिधिसभाको २०८१ जेठ १५ गतेको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो।

समितिले समितिमा पेश गरेको प्रतिवेदनको नाम ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *