संसदभित्र रास्वपा नेतृत्वबिहीन देखियो : योगेश भट्टराई

डिसी नेपाल
१ असार २०८२ १६:४९
464
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको भन्दै उदेश्यबिहीन र गन्तव्यबिहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे।

पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ। भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको माग बमोजिम छानविनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडी हटेको बताए।

उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नविचार हुने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *