बागमतीको बजेट ६७ अर्ब ४७ करोड (पूर्णपाठ)
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री कुञ्जन राज काफ्लेले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार (३८.६प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४प्रतिशत) बजेट विनियोजन गरेका हुन्।
मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ८० करोड १९ लाख, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ९९ करोड ६७ लाख, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख विनियोजन गरिएको छ।
संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख, युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब १६ करोड, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख, आर्थिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख र सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख विनियोजन गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment