फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान गर्ने चीनको भनाई
साङ्घाई । सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रबिधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् ।
उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् ।
चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक वाङ झिकिनले शनिबार साङ्घाईमा भएको वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स–२०१९ को शनिबार सम्पन्न सभामा उक्त भनाई राखेका हुन् ।
वाङले भने, “फाइभ–जी प्रविधिले चीनको सूचना उद्योगमा थप उल्लेख्य योगदान गर्ने अपेक्षा चिनियाँ प्राविधिकहरूले गरेका छन् । उनीहरूले आगामी पाँच बर्षमा ३० खर्ब ३० अर्ब युआनका दरले प्रतिबर्ष आम्दानीमा वृद्धि हुनेछ ।”
“फाइभ–जी कार्यक्रमबाट चीनका उद्योगहरू, यातायातका साधन, विनिर्माण तथा स्वास्थ्य क्षेत्रमा वितरण हुने सेवाबाट ११० खर्ब ९० अर्ब युआन आर्थिक वृद्धिका लागि योगदान गर्नेछ ।”
फाइभ–जी प्रविधिले चीनको डिजिटल अर्थतन्त्र विकासका लागि महत्वपूर्ण संरचना विस्तार गर्ने, र फाइभ–जी र कृत्रिम वौद्धिक गतिविधि, ठूला तथ्याङ्कलगायत अन्य प्रविधिहरूलाई डिजिटल अर्थतन्त्रकारूपमा आमुल परिवर्तन ल्याउने उनले बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment