रास्वपाले सत्तासँग सम्झौता चाहेको छ : पूर्ण बस्नेत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तासँग सम्झौता चाहेको बताएका छन्। बस्नेतले गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठाउँदै संसद अवरुद्ध गरिरहेको रास्वपाले पार्टीगत स्वार्थका लागि सत्ता पक्षसँग सम्झौता गर्न चाहेको बताएका हुन्।
बस्नेतले भने, ‘रास्वपाले गर्ने सबैखाले स्टण्टबाजीको कारण रवि लामिछाने हुन्। सत्तासँगको सम्झौताबाट रवि लामिछानेलाई न्यूनतम राहत र अधिकतम उन्मूक्ति दिलाउने रास्वपाको उद्देश्य हो।’
चर्को आवाज निकालेर अरुमाथि उठाइने प्रश्नले कहिलेकाही आफैसँग पनि जवाफ मागिरहेको हुन्छ भन्ने कुरा हेक्का राख्न उनले रास्वपालाई सुझाव दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment