नेपाली कांग्रेस महाधिवेशनको चौथो दिन: बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
काठमाडाैं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत चौथो दिन आज बन्द सत्र सम्पन्न हुँदै छ। आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले शीर्ष नेतृत्वद्वारा प्रस्तुत विभिन्न महत्त्वपूर्ण दस्तावेज तथा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम रहेको छ।
बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरिनेछ।
सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य सुरेशराज आचार्यका अनुसार गत सोमबारदेखि ती प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर विचार राखिरहेका थिए। उक्त छलफलमा सातै प्रदेशका प्रतिनिधिका साथै विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
आज बिहान १०:३० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने कार्यतालिका छ। बन्द सत्रको समापन चरणमा पार्टी सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment