अर्जेन्टिनाका लागि अन्तिम खेल खेल्दा मेस्सीका आँखामा आँसु

डिसी नेपाल
२१ असोज २०८३ ११:०९

काठमाडौं । लियोनेल मेसीले ब्युनस आयर्समा भावुक माहौलबिच अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेलेका छन्। बेनिनविरुद्धको मैत्रीपूर्ण खेल सुरु हुनुअघि मेसीका आँखा रसाएका थिए।

अर्जेन्टिनाले यो खेल ३-० ले जित्यो। यस खेलमा मेसीले पनि एक गोल गरे। यसरी आफ्नो अन्तिम खेलमा पनि मेसीको जादू बरकरार रह्यो र उनले गोल गर्न सफल भए।

मेसी अर्जेन्टिनाका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी र टोलीका कीर्तिमानी गोलकर्ता हुन्।

विश्वकप फाइनलमा स्पेनसँग पराजित भएको छ हप्तापछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। उनले अब टोलीलाई दिनका लागि आफूसँग केही पनि बाँकी नरहेको बताएका थिए।

यद्यपि, उनले इन्टर मियामीबाट क्लब फुटबल भने खेलिरहने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *