रुसद्वारा युक्रेनमाथि हवाई आक्रमण, दुई जनाको मृत्यु

डिसी नेपाल
२१ असोज २०८३ ११:००

काठमाडौं । युक्रेनको राजधानी किभ माथि रुसले पुनः एक पटक हवाई आक्रमण गरेको छ। किभका मेयर भिताली क्लित्स्कोले आक्रमणबाट केही गोदामहरूमा क्षति पुगेको जानकारी दिएका छन्।

यस आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। युक्रेनको वायुसेनाले ब्यालिस्टिक मिसाइलमार्फत आक्रमण हुन सक्ने भन्दै पूर्वचेतावनी जारी गरेको थियो।

यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि ठुलो आक्रमणको योजना बनाइरहेको गुप्तचर जानकारी आफूसँग रहेको बताएका थिए।

जाडो याम सुरु हुनुअघि रुसले युक्रेनको ऊर्जा तथा यातायात पूर्वाधारहरूमाथि आक्रमण तीव्र पारेको छ।

अर्कातर्फ, रुसले विश्वले किभका पुलहरूमाथि रुसले गरेको आक्रमण देखिरहेको, तर युक्रेनले रुसी नागरिक पूर्वाधारहरूमाथि गरेका आक्रमणहरू उनीहरूले कति छिटै बिर्सिए भन्दै टिप्पणी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *