अमेरिकी सेनाद्वारा ६० वर्षपछि कुनै सैनिकलाई गोली हानेर मृत्युदण्ड दिने घोषणा

डिसी नेपाल
२० असोज २०८३ १६:०५

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सेनाका पूर्व मेजर निदाल मलिक हसनलाई गोली हानेर मृत्युदण्ड दिने घोषणा गरेको छ।

गत ६० वर्षभन्दा बढी समयपछि अमेरिकी सेनाले कुनै सैनिकलाई गोली हानेर मृत्युदण्ड दिन लागेको हो।

निदाल मालिक हसनले सन् २००९ मा टेक्ससस्थित फोर्ट हुड सैन्य अखडामा १३ जना निहत्था अमेरिकी सैनिकहरूको गोली हानेर हत्या गरेका थिए भने अन्य ३२ जना घाइते भएका थिए।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले सोमबार सोसल मिडियामा जानकारी दिँदै रक्षा मन्त्री पिट हेगसेथले यो सजाय लागू गर्न सिफारिस गरेको र त्यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएको बताएका छन्।

पार्नेलले सेनाका सचिवले मृत्युदण्डको मिति र स्थान तय गर्ने बताए। उनले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेका छन्, ‘हसनका लागि अन्ततः न्यायको दिन आएको छ।’

भर्जिनियाका बासिन्दा हसन अमेरिकी सेनामा मनोचिकित्सक थिए। सन् २०१३ मा भएको सैन्य अदालतको सुनुवाइका क्रममा उनले आफू नै आक्रमणकारी रहेको स्वीकार गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *