रबिन्द्र मिश्र अदालतमा हाजिर

डिसी नेपाल
३ असार २०८२ ११:४९
96
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण मुद्दाबाट रिहाइ भएपछि सम्पर्कविहीन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन्।

उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरु भएको छ।

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरु भएपछि हिजो अदालतमा उपस्थित भएका थिए। उनीमाथिको थुनछेक बहसपछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन्।

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राति पक्राउ गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *