कांग्रेसले भन्यो- निलो रिबनधारी रास्वपा सांसदहरूलाई निष्कासन गरौं

डिसी नेपाल
३ असार २०८२ १५:११
244
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदलाई सदनबाट निष्कासन गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माग गरेको छ।

रास्वपा सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो।

सोमबार प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासनसमेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सभामुखको ध्यानाकर्षण गराएका हुन्।

‘संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ। यो नियमावलीमा गरिएको व्यवस्था हो। यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन? यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि जथाभावी ड्रेस लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने?,’ उनले प्रश्न गरे।

किसिमको व्यवहार गर्ने माननीयलाई सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने आफूले ध्यानाकर्षण गराउन चाहेको उनले बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.