लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

डिसी नेपाल
५ असार २०८२ १३:३९
440
Shares

पोखरा । कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन्।

सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोवाइल दुई थान वरामद गरिएको छ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.