इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

डिसी नेपाल
६ असार २०८२ ७:३०
16
Shares

रामपुर । कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग गरेको छ। कार्यालयको हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि फाउण्डेशनले पुस्तक उपलब्ध गराएको हो।

विभिन्न विधामा एक सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले जानकारी दिए।

‘पुस्तकालय स्थापनामा मद्दत पुर्‍याउन पुस्तक उपलब्ध गराएका हौँ’, उनले भने। पुस्तकका माध्यमबाट व्यक्तिलाई सजायभन्दा पनि सकारात्मक मार्गमा हिँड्न प्रेरित गर्ने उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय रामपुरको हिरासत कक्षमा पुस्तकालय स्थापना गर्न लागिएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.