एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्ने नेपाली टोलीको विदाइ
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको आज(शुक्रबार) बिदाइ गरेको छ।
आगामी आइतबारबाट सुरु हुने खेलमा सहभागी हुन विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीलाई बिदाई गरेको हो।
नेपाल यु–१६ पुरुष क्रिकेट टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले विदाइ भएको टीमसँग नेपाली क्रिकेटको भविश्य रहेको भन्दै यसले उत्कृष्ट प्रर्दशन गर्ने बताए।
उनले भने,‘नेपाली यु–१६ पुरुष तर्फको टीम कोच र टीम म्यानेजरसँग समन्वय गरेर, अनुशासित भएर आफ्नो देश र माटोलाई सम्झेर उत्कृष्ट प्रर्दशन गर्नेछन् भन्ने विश्वासमा छु। अन्डर १६ टिम नेपालली क्रिकेटको भविश्य हो। नेपाली क्रिकेटलाई लामो समयसम्म नेतृत्व गर्ने हिसावले प्रर्दशन गर्नेछन् भन्ने आशा छ।’
यसैगरी कोच दिपेन्द्र बहादुर चन्दले उत्कृष्ट प्रर्दशन गर्ने टिम रहेकाले विगतमा झै जित हासिल गर्ने बताए।
नेपाली यु–१६ टोली
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही।
No ads found for this position



डिसी नेपाल
Facebook Comment