मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन् : हितराज पाण्डे

डिसी नेपाल
६ असार २०८२ १३:०२
80
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितीबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे।

‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित हुँदैनन्। मन्त्रीहरुले नियम पालना गर्न नपर्ने अरुले मात्रै पालना गर्नपर्ने ?’ उनको आक्रोश थियो।

उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो। बारम्बार कार्यसूची आँउछ अनि फेरि हटाइन्छ। कारण मन्त्रीको अनुपस्थिति भनिन्छ। आजपनि मन्त्री छैनन्। मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन। नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनपर्ने कुरा मन्त्री नै छैनन्। त्यसैले सरकारको उपस्थिति विना यो सदन अघि बढ्दैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *