नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

डिसी नेपाल
६ असार २०८२ १९:३७
92
Shares

काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

स्कटल्यान्डको टिटउट रंगशालामा स्कटल्याण्डका कप्तान रिचि बेरिंग्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। करण केसीको स्थानमा रिजन ढकालले खेल्ने भएका छन्।

नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *