बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधिसभामा पेस हुने विनियोजन विधेयक, २०८२ मा मतदानको क्रममा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।
मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गतको विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने भएकाले सांसदहरूलाई उक्त दिनको बैठकमा उपस्थित भई तटस्थ नरहने र विधेयकको पक्षमा मतदान गर्न कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले ह्विप जारी गरेका हुन्।
‘बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment