४ वर्षमा ३३ खेल खेलेर ११४ विकेट लिएका चर्चित स्पिन बलरको निधन
काठमाडौं । पूर्व भारतीय स्पिनर दिलीप दोशीको ७७ वर्षको उमेरमा निधन भयो। उनले जुन २३ मा लन्डनमा अन्तिम सास लिए। उनी एक दशकभन्दा बढी समयदेखि त्यहाँ बस्दै आएका थिए।
दिलीप दोशीले ३२ वर्षको उमेरमा टेस्टमा डेब्यू गरेका थिए र चार वर्षको करियरमा दोशीले १०० भन्दा बढी विकेट लिएका थिए। ४ वर्षको करिअरमा उनले ३३ टेस्ट खेलेर ११४ टेस्ट विकेट लिएका छन् ।
उनले आफ्नो करियरमा ३३ टेस्ट म्याच र १५ एकदिवसीय खेल खेले। उनले टेस्ट म्याचमा छ पटक पाँच विकेट लिन सफल भए।
१९७९ देखि १९८३ सम्म भारतको अन्तर्राष्ट्रिय टोलीको हिस्सा रहेका दिलीप दोशीले अचानक क्रिकेटबाट आफूलाई टाढा बनाए।
बायाँ हाते स्पिन बलर दिलीप दोशीले आफ्नो करियरमा ‘स्पिन पंच’ शीर्षकको आत्मकथा पनि लेखेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment