प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने, स्वदेश फिर्ताबारे भने अन्योलता

डिसी नेपाल
१५ भदौ २०७६ १८:२६

काठमाडौं। सिंगापुरको यूनाइटेड नेशनल अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीको उपचार आगामी बुधबार सकिने भएको छ। यही भदौ ५ गते दोस्रो पटक प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका थिए।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माको हवाला दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले बुधबार उपचार सकिने सामाजिक सञ्जार ट्वटीरमार्फत जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ। प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ। प्रमको स्वास्थ्य अवस्था सामान्य छ।’

१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका ओली निरन्तर फ्लोअपमा रहन्छन्। पछिल्लो पटक उनको शरीरमा एन्टिबडी बढेपछि सिंगापुर पुगेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *