द्वारिकादेवी ठकुरानी क्रिकेटः जानकीको कप्तानीमा बैतडीको टोली घोषणा

डिसी नेपाल
११ असार २०८२ २३:४३
68
Shares

बैतडी। द्वारिकादेवी ठकुरानी यु-१९ महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ।

जानकी थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीले जानकारी दिए। टोलीमा करिश्मा थापा (उपकप्तान), ममता बोहरा (विकेटकिपर), रबिना बोहरा, पुनम मल्ल, तनुजा भण्डारी, रेश्मा विष्ट, सिमरन विष्ट, युविका भण्डारी, वर्षा भण्डारी, सोनिका ठगुन्ना, अमृता विष्ट, आकृति भण्डारी र आयुश्मा चन्द रहेका छन्। टोलीको प्रशिक्षकमा ऋतु कनौजिया र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरा रहेका छन्।

कैलाली जिल्ला क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा यही असार १२ गतेदेखि धनगढीको फाप्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहनेछ। प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.