गायिकाद्वय एलिना र समिक्षाको अभियानमा दिपकराजकाे साथ

डिसी नेपाल
१३ असार २०८२ १२:१६
216
Shares

काठमाडौं। कलाकार दिपकराज गिरी गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन्। आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्वय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन्।

उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्ध एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-

यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन्। त्यो मध्य पनि समिक्षाको त म गायकीको मात्रै होइन सुरूदेखि उनको साहसको पनि प्रसंसक हूँ। सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्‍याे त्यो ठाँउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला। तर उनीले परिस्थितिसँग घूँडा टेकिनन् र लड्दै आइन्। त्यसकै फलस्वरूप आज यहाँ पुगिन्। सामाजिक संजाल कस्तो छ?

आफूले समाजको लागि, परिवारको लागि राष्ट्रको लागि दुइ कौडीको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनीहरूलाइ नैतिकता सिकाउने, गाली गलौच गर्ने, तँ यस्तो, तँ उस्तो भनेर अभद्रता देखाउने, चरित्र माथि औला उठाउने! यस्तै चलिआएको छ।

पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहीन, चरित्र खराब। देशमा सबै अज्ञानी आफू मात्रै साधु सन्त ज्ञानी।

आफूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने, देशै खतम, नेतै खतम,केही गर्न सकिन्न यहाँ, भन्ने  जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गाँउदेखि आएर संघर्ष गरेर, भोकभोकै बसेर संघर्ष गरेर, हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहिँ गाली गलौच  गर्‍याे अनेकथरि लान्छना लगायो बस्यो!

यो ठाँउमा जसले जति गालि गर्न सक्यो, त्यो हिरो।  चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक? ब्यक्तिगत जीवनमा कसकाे तलमाथि हुन्न र?  को चाहन्छ खराब होस्, तर भैदिन सक्छ कहिलेकाँही!

को छ यहाँ कमजोरी बिहीन मान्छे? एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ। यस्ता उत्श्रृखलता बिरूद्ध साइवरमा  गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्‍याे भने समातेर तु कारवाही सूरू गरिहाल्ने तर अन्य मानिसहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्नेरु सुने पनि बर्षौं लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि?

यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक संजालका फुर्सदिला गाली सम्राटहरूलाइ तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाँगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ! दुबै जनालाइ शुभकामना!

जय नेपाल !!!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *