वीर गणेशमान सिंह १० के रोड रेसको उपाधी सेनाका रोकाया र धादिङकी श्रेष्ठले उचालिन्

डिसी नेपाल
१४ असार २०८२ ९:५१
204
Shares

काठमाडौं। नेपाली सेनाका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचाै वीर गणेशमान सिंह १० किलाेमिटर (टेन के ) दा‌ैडकाे उपाधी उचालेका छन्।

शनिबार विहान सम्पन्न प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै राेकाया र श्रेष्ठले उपाधि उचालेका हुन्। सेनाका राेकायाले ३१ मिनेट २२ सेकेन्डमा दा‌ैड पूरा गरे भने नेपाल रन यूकेकी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दाैड पूरा गरिन्।

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार सम्पन्न दाैडमा पुरूषतर्फ सेनाका खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दाेस्राे र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) ले तेस्राे स्थान हासिल गरे। केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे।

त्यस्तै महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्याैपाने दाेस्राे (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्राे (४० मिनेट २७ सेकेन्ड ) र फूलमति रानाले सान्त्वना स्थान हासिल गरिन्।

बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्ग पुगेर टुंगिएकाे थियाे। ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केही विदेशी खेलाडी गरि झन्डै ५ सय खेलाडीको सहभागिता थियाे।

१० कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गर्नुभएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *