धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको सम्मान (सुचीसहित)

डिसी नेपाल
१६ असार २०८२ १६:२५
432
Shares

काठमाडौं। चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ।

बोर्डले स्थापनाको २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेको छ। जसमा धेरै कमाउनेको पहिलो नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेको छ भने अन्तिममा २५ मा ‘पशुपति प्रसाद २–भष्मे डन’ रहेको छ।

सरकारले बिकास बोर्ड स्थापना भएको २५ वर्षको अवसरमा असार १५ लाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने निर्णय पनि हालै गरेको छ।

यस्तो छ सम्मान पाउने फिल्मको सूची र कमाइ

१. पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *