अनुपम खेरको फिल्म ‘तन्वी द ग्रेट’ मा आफ्नै भाञ्जीको कथा

डिसी नेपाल
१७ असार २०८२ १०:४५
36
Shares

मुम्बई। अनुपम खेर आफ्नो फिल्म ‘तन्वी द ग्रेट’ लाई लिएर लामो समयदेखि चर्चामा छन् तर यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो। यो फिल्म उनको ड्रिम प्रोजेक्टको हिस्सा हो। चलचित्रको ट्रेलर जुन ३० मा रिलिज भइसकेको छ।

यस कार्यक्रममा अनुपम खेरले फिल्मको बारेमा धेरै कुरा गरेका छन्। साथै, यस फिल्मका बारेमा धेरै आश्चर्यजनक खुलासा पनि गरेका छन्। उनले ‘तन्वी द ग्रेट’को कथाको प्रेरणाको बारेमा पनि बताए।

अनुपम खेरको ड्रीम प्रोजेक्ट ‘तन्वी द ग्रेट’ जुलाई १८ मा थिएटरमा प्रर्दशन हुँदैछ। यो फिल्म एक गायिकाको हो र आफ्नो बहादुर बुबाको अधुरो सपना पूरा गर्न भारतीय सेनामा भर्ती हुन चाहने केटीको बारेमा हो।

तर, तन्वीको यो पात्र अटिजम डिसअर्डरको सिकार छिन्। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेताले फिल्मको मुख्य पात्रको बारेमा कुरा गरेका छन्, जसमा उनले ‘तन्वी द ग्रेट’ आफ्नै भान्जीको कथा भएको बताएका छन्।

अनुपम खेरले भने, ‘तन्वी मेरो भान्जीको कथा हो, यो आइडिया १३ वर्षकी हुँदा आएको थियो र उनी अहिले १७ वर्षकी भइन्।’ अब ५ वर्षको प्रतिक्षा पछि  अभिनेताले यो कथालाई चलचित्रमा ल्याएका छन्। अभिनेताको यो खुलासाले चलचित्रलाई थप रोचक बनाएको छ।

यो फिल्म कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो, जहाँ यसले मानिसहरूबाट धेरै प्रशंसा पाएको थियो। फिल्ममा शुभांगी तन्वीको भूमिकामा छिन्। शुभांगी अनुपम खेरको एक्टिंग स्कूलबाट छनोट भएकी हुन्।

यस फिल्ममा ज्याकी श्राफ, बोमन इरानी, ​​करण ट्याकर, पल्लवी जोशीलगायतका धेरै ठूला कलाकारहरू समावेश रहेका छन् । अभिनेताका फ्यानहरु यो फिल्मलाई लिएर निकै उत्साहित छन् र फिल्मको रिलिजको पनि उत्सुकताका साथ पर्खाइमा रहेका छन् । फिल्म निर्देशन र निर्माणका साथै अनुपम खेरले यसमा कर्णेल प्रताप रैनाको भूमिका पनि निभाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *