निराजन निर्देशित म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक
काठमाडौं । मोडल कथा कलाकार निराजन प्रधानको निर्देशनमा ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
फोटो कथाको प्रस्तुतिमा निर्माण भिडियोमा केकी अधिकारी र राघव दाहालले अभिनय गरेका छन्। गीतमा एक जोडी प्रेमीको कथा प्रस्तुत गरिएको छ। अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ। एकले अर्काको तारिफ गर्ने गीतले एकअर्काको आनीबानीको प्रशंसा गरिएको छ।
सरगम घतानको शब्द रहेको गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ। योगेश काजी शाहको संगीत तथा संगीत संयोजन रहेको गीत मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
निराजन कुनै समय नेपाली म्युजिक भिडियोमा एकछत्र राज गरेका थिए। उनले केही फिल्ममा पनि अभिनय गरेका छन्। ‘निर्देशन पनि गरौँ भन्ने पहिलेदेखि नै लागिरहेको थियो। तर, अहिले यो अवसर आयो,’ निराजन भने, ‘जसरी मलाई अभिनयमा रुचाइदिनुभयो, त्यस्तै मैले गरेको निर्देशनबाट पनि अपेक्षा गरेको छु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment