भानुभक्त मेमोरियल विद्यालयमा स्थलगत आशु कविता लेखन प्रतियोगिता सम्पन्न

डिसी नेपाल
२१ असार २०८२ १०:३१
32
Shares

 

काठमाडौं । भानुभक्त मेमोरियल विद्यालयको आयोजनामा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती तथा विद्यालयको हिरक जयन्तीको पूर्वसन्ध्यामा शुक्रबार उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका १८ विद्यालयले सहभागिता जनाएका थिए। अन्तिम छनौटमा परेका १५ प्रतिष्पर्धी प्रतियोगीलाई वाचनमा सहभागी गराइएको थियो।

कार्यक्रमको प्रमुख अतिथि मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल थिए। विद्यार्थीहरू आफूले बनाउने दैनिकी नियमको उल्लंघन नगरिकन अगाडि बढेमा जीवनमा सफलता प्राप्त गर्न सकिने धारणा राखेका थिए।

कार्यक्रमका विशेष अतिथि प्रा. डा. देवी नेपालले पुरस्कार जित्नु नै सबै थोक नभएकाले कवितालाई निरन्तर लेखेर समाजसामू परिचित हुनु नै असल कविको गुण भएको धारणा राखेका थिए।

निर्णायक भूमिकामा रहेका छन्दकवि बलराम दाहालले आफ्नो छन्द कविता वाचन गरी प्रतिस्पर्धामा सहभागी पुरस्कृत विद्यार्थीको निर्णयसमेत सुनाएका थिए।

१८ विद्यालयका ३५ कवि सहभागी प्रतियोगितामा नेपाल वेद विद्याश्रम माध्यमिक विद्यालय गौशाला प्रथम भएको थियो। उसले १० हजार पुरस्कार जितेको थियो।

द्वितीय हुने रिपुमर्दिनी सैनिक आवासीय महाविद्यालय बाँसबारीलाई ७ हजार र तृतीय हुने सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रम संयोजन पुरुषोत्तम लामिछानेले गरेका थिए भने कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *