समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छः सभामुख विष्ट
मोरङ । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताएका छन्।
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारबाट मोरङस्थित बिबिसीका समाचारदाता विक्रम निरौलालाई नगदसहित सम्मान गर्दै सभामुख विष्टले बालविवाह, महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनुपर्ने सुझाव दिए।
सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवम् विकासमा महत्वपूर्ण योगदान गरेका कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताए।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवम् नराम्रोको आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटेल परिवारको यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गरे।
सो अवसरमा सभामुख विष्टले छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगदसहित सम्मान गरेका थिए। सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तक विमोचन समेत गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment