आचार्य कमल रिजालको उपन्यास ‘शकुन्तला’ सार्वजनिक
काठमाडौं । पत्रकार तथा अध्यात्मचिन्तक आचार्य कमल रिजालको पाँचौं उपन्यास ‘शकुन्तला’ प्रकाशित भएको छ। कृति प्रकाशन संस्था शिखा बुक्सले अनलाइनमार्फत सार्वजनिक गरेको हो।
उपन्यास वेद, पुराण र उपनिषद दर्शनमा आधारित रहेको रिजालले पुस्तकको पृष्ठ भागमामा लेखेका छन्। ‘धर्म, संस्कार, संस्कृति तथा सामाजिक विकृति, कुरीति र कुप्रथा विरूद्ध लेखिएको हो। उपन्यासले सामाजिक सद्भाव र एकताको बाटो देखाएको छ।’
उपन्यासको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्नै किसिमले लेखिएको उपन्यासकार रिजालले बताए। उपन्यासमा हिन्दु समाजमा आदिम युगदेखि कायम रहेको मातृसत्तामाथि कहिलेदेखि पितृसत्ताले कब्जा जमायो र त्यसको कारण के हो भन्नेबारे सटीक विश्लेषण गरिएको उनको भनाइ छ।
उपन्यासले हिन्दु संस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले बताए। पुस्तकको मूल्य ६२५ रूपैयाँ तोकिएको छ।
यसअघि रिजालका ‘सुकमँ’, ‘पृथा’, ‘दृष्टिभ्रम’ र ‘सत्यबवि’ गरी चार उपन्यास प्रकाशित छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment