पहिलोपटक सर्वोच्चको सुनुवाइमा बस्न लागेकी न्यायाधीशको इजलासमा मुकुल ढकालको मुद्दा

डिसी नेपाल
२५ असार २०८२ ११:१०
664
Shares

काठमाडौं । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री रहेको दाबीसहित डा. मुकुल ढकालले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा परेको छ ।

न्यायाधीश शान्तिसिंह थापा आज पहिलो पटक सर्वोच्च अदालतको इजलासमा बस्न लागेकी हुन् । यसअघि उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश रहेकी थापालाई सवोृच्च अदालतको न्यायाधीश नियुक्त गर्न गरिएको सिफरिस संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई हिजो मात्रै न्यायाधीश नियुक्त गरिएको थियो ।

यो मुद्दा असार १७ गते मंगलबार न्यायाधीशहरुहरि फुयाँल र टेकप्रसाद ढुंगानाको इजलासमा परेको भए पनि हेर्न नभ्याइएपछि सुनुवाइ हुन सकेको थिएन । त्यसअघि असार १२ मा न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ जारी गरेको थियो ।

असार ११ गते दायर गरिएको रिटमा ढकालले आफूले रास्वपाको महामन्त्रीको जिम्मेवारी सम्हाल्न पाउने गरी आदेश माग गरेका छन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका निम्ति दुवै पक्षलाई बोलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.