‘सिटामोल’को टिजर र गीतले दर्शकको साथ पाउँदै, निर्माण टीम उत्साहित

डिसी नेपाल
२५ असार २०८२ १३:२२
96
Shares

काठमाडौं । साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको प्रचारमा जुटेको छ। गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ।

यसैबीच, सिनेमामा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन्। जसले दर्शकमाझ सिनेमाको राम्रो हाइप बनाउन सफल देखिएका छन्। सिनेमामा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन्। गीत र टिजर हेरेका दर्शकले सिनेमा हेर्न व्यग्र रहेको प्रतिक्रिया समेत दिएका छन्।

विशेषगरी दर्शकले सिनेमाको टिजरलाई औधी रुचाएको पाइन्छ। टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया दिएका छन्। ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ। सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिन्छ।

सिनेमाका निर्देशक राज बहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामाग्री गीत र ट्रेलर उत्कृष्ट दिनु पर्ने चुनौती थपिएको बताउँछन्। सिनेमाका दुवै प्रचार सामाग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माताद्धय भुगोल कार्की र विकासराज जोशीको छ।

‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन्। सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.