राप्रपाको आरोप- भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिसा नेपालीले भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन्।
उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ। जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ।’
राप्रपाले यसअघिदेखि नै भिजिट भिसाको दुरुपयोगका घटनामाथि गम्भीर छानबिन हुनुपर्ने माग राख्दै आएको छ। सांसद नेपालीले बाढी–पहिरो पीडितहरूको उद्धार तथा राहतमा समेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।







डिसी नेपाल








Facebook Comment